हिपातका कारण हुम्लामा हवाई उडान बन्द

माघ २५, हुम्ला– गएरातिदेखि सुरु भएको हिमपातका कारण हुम्लामा हवाई उडान समेत बन्द गर्नुपरेको छ ।

हिमपातका कारण सोमबार बिहानदेखि नेपालगन्ज र सुर्खेतका हवाई उडान बन्द भएका छन्।

हिमपातका कारण चिसो निकै बढेकापछि यहाँको जनजीवन समेत  प्रभावित बनेको छ। हिमपातपछि सदरमुकाम सिमीकोटमा एक फिट हिउँ जमेको छ।

अहिले परेको हिमपातले जौ र गहुँ बालीलाई राम्रो हुने स्थानीय बासिन्दाले बताएका छन्। भदौदेखि पानी नपरेकाले रुघा, खोकी र ज्वरोजस्ता रोग लागेको र अब हिमपातपछि यी रोगबाट मानिस जोगिने स्थानीय बासिन्दा बताउँछन्।