अबैधरुपमा अमेरिका छिर्ने खोज्ने पाँच नेपाली पक्राउ

माघ २५, काठमाडौं– चर्को रकम तिरेर जर्जिया हुँदै अमेरिका छिर्न खोज्ने पाँच नेपालीलाई जर्जिया अध्यागमनले फर्काइदिएको छ। उनीहरु नेपाली र भारतीय दलालबाट ठगिएका छन्।
नयाँ दिल्ली हुँदै अमेरिका छिर्न माघ १८ गते जर्जिया उडेका मुस्ताङका सुनील गुरुङ, रुपन्देहीका राकेश कार्की र दिलबहादुर सार्की, कास्कीका असिन भट्टराई र बागलुङका अमृत कँडेल अध्यागमन विभागको हिरासतमा छन्।

उनीहरुलाई पोखराकी केशवकुमारी भट्टराई, विष्णु गहतराज र निराज भन्ने व्यक्तिले जर्जिया पठाइदिने भन्दै प्रतिब्यक्ति १२ लाख रुपैयाँ लिएका छन्। उनीहरुले नयाँ दिल्लीमा भारतीय दलालको सहयोगमा सेटिङ गरेका थिए।

दलालले नै केही दिन जर्जिया राखेर उनीहरुलाई अमेरिका उडाउने तयारी गरेका थिए। जर्जियामा केही दिनका लागि खाने बस्ने बन्दोबस्ती दलालले नै मिलाएको स्रोतले बताएको छ। (अन्नपूर्ण पोस्ट दैनिकबाट)