बुद्धबारे भ्रम चिर्न सात देशलाई पत्र

माघ १३, काठमाडौं– सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कुटनीतिक पहल सुरु गरेको छ।

नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कुटनीतिक पहल थालेको हो।

संस्केति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्याण्ड, नेदरल्याण्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलो पटक त्यसवारे औपचारिक जानकारी गराउन लागेको हो।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धका बारेमा विश्व परिवेशमा देखिएका भ्रम र अनर्गल प्रचार चिर्न कुटनीतिक पहल सुरु गर्रिको जानकारी दिए।(अन्नपूर्ण पोस्ट दैनिकबाट)