भूकम्पपीडितलाई बाड्न ल्याइएको करोडौंको राहत सामग्री सशस्त्रको गोदाममै

माघ १२, काठमाडौँ– भूकम्पपीडितलाई दिनल भनिएका करोडौंका राहत सामग्री सशस्त्रको गोदाममै थन्किएका छन्। टहरामा बस्दै आएका जिल्लाका भूकम्पपीडित अहिले चिसोको मारमा परेका छन्।

भूकम्पपछि अन्तर्राष्ट्रिय संस्थाबाट संकलन गरिएको राहत सामग्री पीडितलाई वितरण नगरी खुमलटारस्थित सशस्त्र प्रहरीको दक्षिणकाली गणमा थुपारिएको छ।

नेपाल रेडक्रस सोसाइटीको पहलमा बेलायतस्थित एड संस्थाका आर्थिक सहयोगमा ल्याइएको ब्ल्यांकेट, सारी, धोती, ऊनी र रेडिमेडल कपडा, प्लेट, भाँडाकुँडठा, झोला लगायत सामग्री छन्। यी सामग्री करिब ३ सय साना र ७ ठूला कार्टुनमा राखिएका छन्। ( कान्तिपुर दैनिकबाट)