मानव बेचबिखन तथा गुन्डागर्दी गर्ने पक्राउ

माघ ११, काठमाडौ–  राम्रो काम लगाइदिने भन्दै मानवबेचविखन तथा ओसार–पसारमा संलग्न नयाँ वानेश्वरमा कम्पास मेनपावर सञ्चालक सुवास थापामगरलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

स्याङ्जाकी एक युवतीलाई वैदेशिक रोजगारीका लागि मकाउस्थित कल्चर डान्समा पाँच हजार डलर तलबमा पु¥याउने भन्दै टुरिष्ट भिषामा मकाउ पठाई अन्य चाईनिज व्यक्तिको घरमा लगी यौन शोषण गरी बेचेको भन्ने त्यहाँ रहेका नेपालीको उजुरीका आधारमा मेन पावर कम्पनीका सञ्चालक थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेनपावर कम्पनीका सञ्चालक थापामगरको मिलोमतोमा मकाउमा रहेका सुदर्शन थापामगर र लोकराज रावलले ती युवतीलाई बेचविखन तथा यौनशोषण गरेका थिए ।

यसैगरी ललितपुरमा ठेक्का पट्टाको नाममा गुन्डागर्दी र धाक धम्की दिई विभिन्न व्यक्ति र व्यवसायीसँग जबरजस्ती रकम उठाउने कार्यमा संलग्न धापाखेलका ४० वर्षीय भोला खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि उनलाई मानव बेचविखन तथा ओसार पसार मुद्दामा कारवाही समेत भइसकेको प्रहरीले जनाएको छ ।