बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट

माघ ११, काठमाडौं– बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रिय समितिमा बाबुराम पत्नी हिसिया यमीको नाम छुटाइएको छ । हिसिलाको कारण बाबुरामप्रति मान्छेको विस्वास नभएको ठहर गर्दै उनको नाम जानीजानी सार्वजनिक नगरिएको चर्चा चलेको छ । ठूलो तामझामको साथ घोषणा गरिएको बाबुराको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको छ । कांग्रेस र एमालेको कोटामा नअटेका र भविष्यमा राजनीतिक नियुक्ति खाने लोभ पालेर बसेका बुढाखाडाहरु बाबुरामको नयाँ शक्तिमा सदस्य बनेका छन् ।
बाबुरामको नयाँ शक्तिमा नेपाल प्रहरीका पूर्व आईजीपी गणेशराज राई , सशस्त्र प्रहरीका पूर्व एआईजी ऋषभदेव भट्टराई, नारायण पाण्डेलगायत जोडिएका छन् । यस्तै पूर्व सचिव रामेश्वर खनाल, प्रा डा प्रविण मिश्र, नथुप्रसाद चौधरी, बज्रकिशोर यादव, हरेराम चौधरी पनि नयाँ शक्तिको केन्द्रीय सदस्य बनेका छन् ।

पुरानो शासनसत्ताको नेतृत्वमा बसेर लुट्नुसम्म लुटेर अघाएकाहरु बाबुरामको नयाँ शक्तिमा गएर के काम गर्लान् ? यस्ताबाट के कुरा आउला ? अल्फाबिटामा आयोजित नयाँ शक्तको कार्यक्रममा सशभागिहरुबीचमै यो प्रश्न उठेको थियो ।
बाबुरामको नयाँ शक्तिको ३५ सदस्यीय केन्द्रीय समितिमा अधिकांश आउट डेटेड मान्छेहरु राखिएको छ । (साँधु साप्ताहिकबाट)