मेडिकल शिक्षामा बेथितिः विवादित विधेयक पास गराउन चलखेल

माघ १०, काठमाडौं– विवदित मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको रुप दिने गरी व्यवस्थापिका संसदमा प्रस्तुत विधेयकलाई संसदले लगानीकर्ता सांसदहरुकै बाहुल्य रहेको समितिमा पठाउने निर्णय गरेको छ।

मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा सहकारीले स्थापना गरेको प्रस्तावित मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अनुमति दिने गरी ल्याउन लागिएको  विधेयक बिहीवार बसेको संसद बैठकले समितिमा पठाउने निर्णय गरेको हो।

अघिल्ला सम्झौताविपरीत नीति नै नबनाई नयाँ कलेजलाई सम्बन्धन दिने गरी अगाडि बढाइएको उक्त विधेयक फिर्ता लिनु पर्ने प्रमुख माग बरिष्ठ चिकित्सक डा। गोविन्द केसीले सोमबारदेखि आठौँ अनशन थाल्ने चेतावनी दिएपनि संसदले विधेयक अघि बढाएको हो।(नागरिक दैनिकबाट)