रंगेलीकाण्डको समीक्षा गर्दै एमाले

माघ १०, काठमाडौं– एमालेले मोरङको रंगेली र डायनियामा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको घटनामा आफ्नो कुर्न पनि कमीकमजोरी नरहेको निष्कर्ष निकालेको छ।

घटनाको समीक्षा गर्न युवा संघ मोरङद्वारा विराटनगरमा शनिवार आयोजित भेलाले हिंसात्मक राजनीतिका कारण अघि बढ्न खोज्ने मधेसवादी दलको गलत कादमका कारण दुखद घटना भएको आरोपसहितको निष्कर्ष निकालेको हो।

भेलामा स्थायी समिति सदस्य शंकर पोखरेल पनि उपस्थित थिए।
मधेस जागरण अभियान अन्तर्गत युवा संघले एमाले महासचिव इश्वर पोखरेल, नेता शंकर पोखरेललगायत झिकालएर गत बिहीवार रंगेलीमा आयोजना गरेको सभालाई मधेसी मोर्चाले बिथोल्न खोज्दा प्रहरीसँगको भएको झडपमा गोली लागेर तीनजनाको मृत्यु भएको थियो।(अन्नपूर्ण पोस्टबाट)