नेपाली रुपैयाँ इतिहासकै कमजोर, महंगिदै अमेरिकी डलर

माघ ८, काठमाडौँ– अमेरिकी डलरको तुलनामा बिहीवार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ। विगत केही समययता डलरको मूल्य बढेपछि नेपाली मुद्राको मूल्यमा उच्च कमी आएको हो।

बिहीवार एक अमेरिकी डलरबराबर एक सय ९ रुपैयाँ २४ नेपाली रुपैयाँ खर्चिनु परेको छ। यो हालसम्मकै उच्च हो।

पछिल्ला दिनमा भारतीय मुद्रामको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले विनियमदर भारतीय भुद्रासँग भारुको मूल्य घटबढ आउने गरेको छ।

अहिले डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो। (नयाँ पत्रिका दैनिकबाट)