भूकम्प र नाकाबन्दीको असरस् कोरियामा गैरकानुनी बस्ने बढे

माघ ६, काठमाडौँ–  भूकम्प र नाकाबन्दीका कारण दक्षिण कोरियामा गएका नेपाली अबैधरुपमा बस्नेक्रम फेरि बढ्न थालेको छ। कोरिया रहेका कुल कामदार मध्ये अबैधको संख्या पाँच प्रतिशत हाराहारीमा पुगिसकेको छ।

कोरियाले अबैध पाँच प्रतिशतभन्दा माथि जाने बित्तिकै सम्बद्ध मुलुकलाई अलर्ट गर्दै कामदार लिन रोक्ने चेतावनी दिने गरेको छ। दुई वर्ष अघि कोरियाले नेपाल सरकारलाई गैरकानुनीको संख्या पाँच प्रतिशतभन्दा माथि कुनै हालतमा जान नहुने भन्दै तत्काल घटाउन भनेको थियो।

घटाउन नसके नेपाली कामदार लिन बन्द गर्ने चेतावनी दिएपछि सरकारले स्वदेश फिर्ता भएकालाई स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्न ऋण दिने घोषणा गरेको थियो। (अन्नपूर्ण पोस्ट दैनिकबाट)

चार बर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार कोरियाको कानुन अनुसार स्वतः गैरकानुनी हुन्छ। केरियामा रोजगार अनुमति प्रणालीमार्फत ३४ हजार पाँच सय जना नेपाली युवा काम गर्न पुगेका छन्।