ओबामाको खल्तीमा सधैं बुद्धको मूर्ति

एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामा जब थाक्छन् या हतोत्साहित हुन्छन्, शान्तिका लागि केही वस्तुको साहरा लिन्छन् जसमा बुद्धको मूर्ति पनि पर्छ ।

युट्युबका तीन लोकप्रिय च्यानलसँगको साक्षात्कारमा सञ्चालिकाले ओबामालाई घरबाट अर्थात् ह्वाइटहाउवसबाट केही महत्त्वपूर्ण सामान ल्याउन आग्रह गरेकी थिइन् ।
अन्तरर्वार्ताका क्रममा ‘तपाईंले के ल्याउनु भयो त?’ भन्ने प्रश्न गरेपछि उनले खल्तीमा पोप फ्रान्सिसले दिएको एउटा माला, सानो बुद्धको प्रतिमा, एउटा पोकर चिप, इथियोपियाको एउटा क्रस र हनुमानको सानो मूर्ति निकाले । यो मूर्ति उनलाई एक हिन्दू महिलाले दिएकी थिइन् । यी सबै ह्वाइट हाउसको अभियान सुरु गर्दा उनले भेटेका मानिसले दिएका थिए । यसले उनीहरुको अपेक्षा र आशालाई सम्झाइरहने ओबामाले बताए । ‘अन्धविश्वासका कारण मैले यी कुरा खल्तीमा हालेर हिँडेको होइन । यसले मलाई योग्य ठान्ने मानिसलाई सम्झाउँछ । म उनीहरुलाई सम्झन्छु र तुरुन्त काम गर्न थाल्छु,’ ओबामाले भने । (नयाँ पत्रिका दैनिकबाट)