फाइभ स्टार यूथ क्लबको आयोजनामा फुटबल खेल शुरु,उद्घाटन खेलमा “गोकर्णेस्वर ११” बिजयी

माघ २, काठमाडौँ – गोकर्णेस्वर नगरपालिका ११ मा अबस्थित फाइभ स्टार यूथ क्लबले आज आफ्नो दोस्रो बार्षिकोत्सबको उपलक्ष्यमा आयोजना गरेको “वीर गणेसमान स्मृती” दोस्रो गोकर्नेस्वर नगरपालिका अन्तर वडा स्तरिय Seven A Side नक् आउट फुटबल प्रतियोगिता” मा आज भएको उद्घाटन खेलमा “गोकर्णेस्वर ११” ४-१ गोल अन्तरले बिजयी भएको छ ।

बिजयी टिमको तर्फबाट दिपेस केसि , बिकास तामाङ , प्रबेस श्रेष्ठ र सुसान्त श्रेष्ठले एक एक गोल गरेका थिए । यसै गरि पराजिज टिम गोकर्णेस्वर ९ को तर्फ बाट सान्त्वना गोल सुनिल श्रेष्ठले गरेका थिए । अब भोलि हुने अर्को खेल “गोकर्णेस्वर ५ B” र “गोकर्णेस्वर १५” बिच दिउँसो १२:३० मा हुनेछ ।

कार्यक्रम उट्घाटन काङ्ग्रेस महामन्त्री प्रकाशमान सिह र राष्ट्रिय फुटबल टिमका पुर्ब कप्तान राजु काजी शाक्यले गर्नु भएको थियो । उक्त खेलमा गोकर्नेस्वर नगरपालिका भित्रको ११ वटा टिमले सहभागिता जनाएका छन ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाइ शिल्ड मेडल सहित नगद रु ५०००० पुरस्कार दिने ब्यबस्था गरिएको क्लबका सदस्य सरोज बस्नेतले जानकारी दिएका छन् ।