भूकम्पपीडितका घर जाडोपछि मात्रै

पुस ३०, काठमाडौँ–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितका लागि जाडोपछि मात्र नयाँ घर निर्माण सुरु गर्ने घोषणा गरेको छ।

आवासको अभावमा जाडोका कारण धेरैको निधन र बिरामी परेको सार्वजनिक भइरहेका बेला जाडो सकिएलगत्तै बल्ल आगामी चैत महिनादेखि नमुनाका रुपमा बैशाखदेखि व्यक्तिगत घर निर्माण गर्ने घोषणा गरेको हो।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी चैतदेखि पाँच जिल्लामा नमुना तथा बैशाखदेखि प्रत्येक जिल्लाका कम्तीमा पाँच गाविस वा नगरपालिकामा व्यक्तिगत आवासहरुको निर्माण सुरु गर्ने लक्ष्यसहित तीनमहिने कार्ययोजना सार्वजनिक गरेका छन्।

प्राधिकरणले कुन कुन जिल्लामा र कुन कुन क्षेत्रबाट आवास निर्माण गर्ने हो त्यो भने सावैजनिक गरेको छैन।(राजधानी दैनिकबाट)