भारतमा भूकम्प, पूर्वी नेपालमा धक्का महसुस

पुस २०, काठमाडौँ– पूर्वी नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपाल र भारतको पूर्वी क्षेत्रमा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुरको राजधानी इम्फालको ३३ किलोमिटर दूरीमा पर्ने मैनपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रिक्टरको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा,मोरङ,सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।

सो भूकम्पले भारतको पश्चिम बङ्गालको केही भूभागमा भौतिक क्षति पुर्याएको अनुमान गरिएको छ ।