नाकाबन्दीले पोल्ट्रीको ६० अर्ब लगानी जोखिममा

पुस २०, काठमाडौँ–नेपालको पोल्ट्री व्यवसायमा भएको करिब ६० अर्ब लगानी जोखिममा परेको छ। भूकम्पले थलिएको यो व्यवसायलाई भारतीय नाकाबन्दीले झनै ठूलो चिन्ता थपेको छ।

व्यवसायीका अनुसार नाकाबन्दीपछि दाना, औषधिलगायत बस्तु आयात ठप्प छ। आत्मनिर्भर यो क्षेत्र पुनः  परनिर्भरताको दुष्चक्रमा फस्ने चिन्ताले व्यवसायीलाई सताएको छ।

कुखुरापालन व्यवसायमा करिब ६० अर्ब रुपैयाँ लगानी भएको नेपाल कुखुरा व्यवसायी मंचका अध्यष शंकर कँडेलले बताए । उनका अनुसार यो व्यवसायमा डेढ लाख जनाले प्रत्यक्ष रोजगार पएका छन् । (कारोबार दैनिकबाट)