साइकलमन्त्रीको गाडी मोह

पुस २०, काठमाडौँ –जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान आफूलाइ साइकलमैत्री सावित गर्न आक्कलझुक्कल साइलकमै मन्त्रालय, संसद र औपचारिक कार्यक्रममा देखिन्छन्।

आफूलाई सामान्य देखाउन पासवानले जतिसुकै कसरत गरेपनि वास्तविकता अर्कै छ। कान्तिपुर दैनिकमा समाचार छ।

प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्रीहरु सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्डलाई समेत वातावरणमैत्री अभियान भन्दै साइकल दिएर चर्चा कमाउन खोजेका पासवानका आँखा मन्त्रालय मातहतका विभाग, आयोजना, परयोजनका राम्रा, महँगा र सुविधायुक्त गाडीमा गाँडेका छन्।

मन्त्रालयमा दईवटा झण्डावाल गाडी हुँदा हुँदै पासवानले जल तथा मौसम विज्ञान विभागअन्तर्गत परियोजनाको बा २ झ ९७९ नम्बरको स्कार्पियो मन्त्रालयमा तानेका छन्।