बास पाएनन् मन्त्रीले

पुस, १९ काठमाडौं –
संवैधानिक व्यवस्थाविपरीत सरकारले मन्त्रालय विभागन गरेर मन्त्रीहरुको संख्या थपेपछि मन्त्रीहरुले बास नै नपाउने अवस्था बनेको छ। संविधानमा २५ वटासम्म बढी मन्त्रालय बनाउन नहुने व्यवस्था भएपनि केपी शर्मा ओली नेतृत्वको सरकारले भने मन्त्रालय टुक्राउँदै सहायकमन्त्रीसमेत गरी ४० सदस्यीय मन्त्रिमण्डल बनाएको छ।

सरकारको ललिपुर पुल्चोकमा १९ वटा क्वाटर रहेपनि सबैमन्त्रीहरु बस्न नसक्ने भएपछि उनीहरु भाडाको घरमा बस्न थालेका छन्। सबै क्वार्टरमा मन्त्रीहरु बसेपछि सरकारले पछिल्लो दुई चरण विस्तार गर्ने क्रममा भएका मन्त्रीहरु क्वाटर पाउनवाट बञ्चित भएका हुन् ।

क्वार्टरको अभावमा मन्त्रीहर डेरा खोजेर बस्न थालेका छन् । ४० जनाको मन्त्रिपरिषद बन्दा समेत अझै राज्यमन्त्री थप्न बाँकी रहेको छ । सत्ता साझेदार दल एमाओवादीबाट राज्यमन्त्री बन्नेहरूको अझै टुंगो लागेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।