असोज ५ बाट तनहँुमा धार्मिक एवम् शैक्षिक महोत्सव हुने

पुस १८, काठमाडौँ–आदिकवि भानुभक्त आचार्यको जन्म स्थान तनहँुमा आगामी माघ ५ गतेदेखि १२ गतेसम्म नेपालमै पहिलो पटक बृहत धार्मिक एवम् शैक्षिक महोत्सव हुने भएको छ ।
‘समृद्धिका लागि जनसहभागितामा आधारित गुणस्तरीय शिक्षा’ को नारासहित आदिकवि भानुभक्त क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्न आर्थिक स्रोत संकलनका लागि गर्न लागेको महोत्सवमा प्रत्येक दिन विहान ५ः ३० देखि योग विज्ञान शिविर, ६ः ३० देखि शालिग्राम परिक्रममा, ७ः ३० देखि पुजा अर्चना, ९ बजेदेखि भागवत पाठ, ११ बजेदेखि ४ बजेसम्म झाँकी प्रर्दशन, कथा प्रवचन, भजन किर्तन र दाताहरुलाई सम्मान गरिने छ ।
प्रत्येक साँझ ७ बजेदेखि १० बजेसम्म झाँकी, कथा प्रवचन र भर्जन किर्तन हुने एक कार्यक्रममा जानकारी गराइयो ।

५ करोड सहायता संकलन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा सहस्र शालिग्राम पुजा, विराट धनधान्य महापर्व, राष्ट्रिय कलाकारबाट संगितमय भजन किर्तन, श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ, योग शिविर, तुलादान, ब्रतबन्ध, ग्रहशान्ति, चौरासी पुजा, कलस यात्र, लाख बत्ती बाल्ने कार्यक्रमका साथै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुको प्रवचनसँगै धार्मिक पुजन सामग्री, पुस्तक र शैक्षिक प्रदर्शनी समेत हुने छ ।
त्रिभुवन विश्वविद्यालयको उत्कृष्ट १२ भित्र रहेको सो क्यापसलाई विश्व विद्यालयको पूर्वाधार निर्माण र विज्ञान तथा प्रविधियुक्त उच्च शिक्षाका लागि सहायता संकलन गर्न महोत्सव आयोजना गर्न लागेको जानकारी गराइएको थियो ।