पुस १३, काठमाडौं – विद्यालय शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
दातृ निकायको सहयोगमा सञ्चालनमा आउन लागेको कार्यक्रमअन्तर्गत सात वर्षको अवधिमा करिब १० खर्ब रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ ।
शिक्षाविदले भने मन्त्रालयको यस कार्यक्रम महत्वाकांक्षी रहेको भन्दै पूर्ण रुपमा कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।
मन्त्रालयले यस कार्यक्रमलाई विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) नाम दिएको छ । सन २०१६ देखि सुरु हुने यस कार्यक्रम सन २०२२ सम्म सञ्चालन हुनेछ । (अन्नपूर्ण पोस्ट दैनिकबाट)