कार्तिक २३, काठमाडौँ – मन्त्रिपरिषदको बैठक आज बस्दैछ । मध्यान्न १२ बजे राखिएको बैठकमा सरकारले गर्ने आपूर्ति व्यवस्थापनको संयन्त्र, मधेसी मोर्चासँग गर्ने वार्ता र अबको रणनीतिका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नाकाबन्दी खोल्न दिएको सन्देश र अब अपनाउने रणनीतिका विषयमा प्रस्ताव गरेपछि त्यस अनुसार सरकारले छलफल गर्नेछ । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।