वर्द गोरीया कपको उपाधि आयोजक बौनियालाई

राजेन्द्र रावल

कार्तिक २२, कैलाली – सडकपुर बौनिया युवा क्लबको आयोजनामा भैरहेको दोश्रो वर्द गोरीया सेती लोकमार्ग कप खुल्ला राष्ट्रीय फुटबल प्रतीयोगिता को उपाधि आयोजक सडकपुर बौनिया युवा क्लब को ए टिमले उचालेको छ । केहि बेर अघि सम्मपन्न फाईनल खेलमा शाहारा युवा क्लब पहलमानपुर लाई पाच सुन्य को फराकिलो गोल अन्तरले हराउदै आयोजक उपाधि उचाल्न सफल भयको हो ।

आयोजक लाई जिताउने क्रममा माधव भण्डारी ले एक र निलेस बिष्ट तथा मनीराम चौधरीले २÷२ गोलको योगदान गरेका थिए । कार्यक्रम क्लब का अध्यक्ष्य तपेन्द्र खड्को सभापतित्व तथा कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन बाहादुर चापागाई को प्रमुख आथीत्यतामा भयको थियो ।

प्रतियोतिगताका उत्कृष्ट पाच खेलाडी मध्य चार आयोजक का र एक जना साहारा पहलमानपुर का बन्न सफल भयका छन् । प्रतियोतिगता कै उत्कृष्ट खेलाडिमा सडकपुर बौनिया युवा क्लबका निलेस बिष्ट , उत्कृष्ट गोल रक्षकमा सडकपुर बौनिया युवा क्लबकै प्रकास खड्का , उत्कृष्ट रक्षकमा आयोजककै बिजय सिह ठकरी , सबै भन्दा बडि गोल गर्ने खेलाडिमा पनि प्रतीयोगभरी सात गोल गर्न सडकपुर बौनिया युवा क्लबका ानिराम चौधरी रहेका थीय भने उदयमान खेलाडीको उपाधि भने साहारा युवा क्लब पहलमानपुरका कमल देउवा घोषित भए ।
समापन कार्यक्रममा क्लब का आजिवन सदस्य , मिडीया पार्टनर , खेल संयोजक, प्रचार प्रसार संयोजक , प्रेस सल्लाहाकार , अफिसीयल क्यामरा र्पसन र सडकपुर बौनिया युवा क्लब का आजिवन सदस्यहरुलाई सम्मान पत्रले सम्मान गरीयको थियो । यहि कात्तीक १२ गते देखि सुरु भयको प्रतियोगीतामा कैलाली र वर्दियाका गरी २४ वटा टिमको सहभागीता रहेको थियो ।