मदेशी सांसदद्वारा संसद वैठक अवरुद्ध, भोलि पुनः बस्ने

कार्तिक २२,काठमाडौँ – मधेसवादी दलका सभासदको अवरोध पछि संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मकालागि स्थगित भएको छ।

मधेसमा जारी आन्दोलनबारे सरकार गम्भिर नभएको भन्दै संयुक्त मधेशी मोर्चामा आबद्ध दलका सभासदले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए।
सभामुख ओन्सरी घर्तीले नाराबाजी रोक्न पटकपटक आग्रह गरेपनि उनीहरुले नाराबाजी जारी राखेपछि उनले बैठक स्थगिग गरेकी हुन्।