तेह्र बालबालिकाको उद्धार

कार्तिक २०, रौतहट – भारतको विहारमा कडा श्रम गर्न बाध्य भएका १३ बालबालिकालाई उद्धार गरिएको छ ।

आठ वर्षदेखि १५ वर्ष उमेर समूहका ती बालबालिकालाई भारतको विहारस्थित मुजफ्फरपुरस्थित बाल कल्याण समितिको सहयोगमा उद्धार गरिएको हो ।

एघार बालक र दुई बालिकालाई बाल कल्याण समितिले त्यहाँबाट उद्धार गरी राखेको जानकारी पाएपछि ‘साना हातहरु’ नामक संस्थाका बोर्डर म्यानेजर ललन यादव र सुरक्षा इन्चार्ज सञ्जय यादवको टोलीले ती बालबालिकालाई बिहीबार नेपाल ल्याएको हो ।

उद्धार गरिएका सबै बालबालिका सर्लाही जिल्लाका रहेको र उनीहरुलाई अहिले अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस