आज रातो मच्छिन्द्रनाथको भोटो देखाइदै,उपत्यकामा सार्वजनिक बिदा

असोज २५ काठमाडौँ – आज ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइदै छ । अहिले जावलाखेलमा रथमा फूलपाती चढाउन, दर्शन गर्न र दीप बाल्नको लागि भक्तजनको घुईंचो लागेको छ ।यस पटक १२ बर्षे जात्रा भएकाले जात्रा सकिएपछि रथ तानेरै बुंङ्मति लगिने भएको छ । त्यहाँ पुगेर पनि भोटो देखाइने भएको छ ।

गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी असोज ४ गते रथारोहण गरी ५ गतेदेखि फेरि दोस्रोपटक रथ जात्रा सुरु गरिएको थियो । गत शुक्रबार रथलाई लगनखेलको इटीटोलबाट जावलाखेलमा पुर्‍याइएको थियो ।

जात्राको अबसरमा काठमाडौँ, ललितपुर र भक्तपुर उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ ।