विराटनगरको रानी भन्सारबाट २९ ट्यांकर इन्धन नेपाल भित्रियो

असोज २०, काठमाडौँ – विराटनगरको रानी भन्सारबाट पेट्रोल, डिजेल र ग्यासका बुलेट नेपाल भित्रिएका छन्।

मंगलबार राति १४ वटा पेट्रोल बोकेका गाडी, ११ वटा डिजेल बोकेका गाडी र चार वटा ग्यास बोकेका बुलेट भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

उक्त भन्सार हुँदै फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका दुईसय भन्दा बढी मालबाहक सवारी भित्रिएको कार्यालयले जनाएको छ। रानी भन्सार क्षेत्र परिसरमा सुरक्षाकर्मी परिचालन गरी भारतीय क्षेत्रबाट आएका सामान भित्र्याइँदैछ।