३६ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

असोज १०, ‘वान विलियन टुरिष्ट, वान विलियन अपरच्युनिटी’ भन्ने मूल नाराका साथ आज ३६ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरिन लागेको हो ।
सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर यो दिवस मनाउने निर्णय गरेको हो । यसैअनुसार नेपालले पनि संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र भएदेखि नै विश्व पर्यटन दिवस मनाउन थालेको हो । दिवसलाई भव्यरूपमा सफल पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शेर्पाको संयोजकत्वमा ६३ सदस्यीय कार्यक्रम मूल आयोजक समिति गठन गरिएको छ । यस वर्षको विश्व पर्यटन दिवसमा भूकम्पले पर्यटनमा पारेको असरलाई सकारात्मक प्रचारप्रसार गर्ने विषयलाई जोड दिइएको मन्त्रालयले जनाएको छ ।