दुई महिनामा मरे ६ हजार भेडाबाख्रा

राजेन्द्र रावल

असोज ८,जुम्ला – भदौ र असोज महिनाको पहिलो हप्तासम्म पिपिआर रोगका कारण जुम्लामा करिब ६ हजार भेडाबाख्रा मरेका छन् । पिपिआर रोगका कारण भेडा बाख्रा मरेको जिल्ला पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

एक जना किसानको २ सय २० वटा जति भेडाबाख्रा मरेको जिल्ला पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत तथा सूचना अधिकारी गोविन्दवहादुर महतले जानकारी दिनुभयो । जुम्लाका २६ गाविस र एउटा चन्दननाथ नगरपालिकाका किसानहरुले पालेका भेडाबाख्रामा पिपिआर रोग देखा परेको जिल्ला पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।