रेडबुल राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

भदौ २८, काठमाडौँ – बिभिन्न कारणले लामो समय स्थगित भएको रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता आज देखि सुरु हुदै छ । लिग अन्तर्गत आज हुने खेलमा चिरपरिचित प्रतिद्वन्द्धी लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै छन् ।

खेल दिउसो साँढे ३ बजेदेखि सातादोबाटो स्थित एन्फा कमप्लेक्समा सुरु हुने छ । ६ खेलबाट ११ अङ्क जोडेको मनाङ पाँचौ तथा समान खेलबाट ७ अङ्क जोडेको पुलिस छैटौं स्थानमा छन् । पहिलो पटक होम एण्ड अवेको अबधारण अनुसार सञ्चालन भएको लिग बिश्वकप फुटबल छनौट प्रतियोगिता, मैत्रीपुर्ण खेल तथा महाभुकम्पका कारण लामो समय स्थगित भएको थियो ।

लिगमा ए डिभिजनका ५ तथा मोफसलका ४ गरी कुल ९ टोली सहभागी छन् । देशको एक मात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशाला भुकम्पका कारण क्षेतिग्रस्त बने पछि लिग अन्तर्गत काठमाडौंमा हुने बाकी खेलहरु सबै सातदोबाटो स्थित एन्फा कम्पलेक्समा हुने छन ।

लिगमा ८ खेलबाट १६ अङ्क जोडेको झापा–११ शिर्ष स्थानमा छ भने ७ खेलबाट १४ अङ्क जोडेको एपिएफ दोस्रो स्थानमा छ