बन्द गराउँदैनौ भनेर हस्ताक्षर गर्नेले नै बन्द गराउँदा विद्यार्थीहरुलाई सास्ती – सरोकारवाला

भदौ २६, काठमाडौं – आफुले गरेको प्रतिबद्धता पुरा गर्न नसक्दा राजनितिक दल तथा राजनिति प्रति नै बितृष्णा पैदा भएको शिक्षा सम्बद्ध सरोकारवालाहरुले आरोप लगाएका छन् । देशका विभिन्न ठाउँमा हुने गरेका बन्द हड्तालका कारण विद्यार्थीहरुको पठन पाठनमा नराम्रो असर परेको भन्दै राजनितिक दलहरुले विद्यालय शान्ति क्षेत्रमा जनाएको प्रतिबद्धता पुरा गराउन दवाव दिने उदेश्यले राजधानिमा शनिबार आयोजित अन्तरक्रियामा उनीहरुले सो आरोप लगाएका हुन् ।
ह्याम्पी किड्स फाउण्डेसन र नुवागी मासिक पत्रिकाको संयूक्त आयोजनामा भएको विद्यालय शान्ति क्षेत्र कार्यन्वयनमा हाम्रो दायित्व र चुनौति विषयक अन्र्त्क्रियामा राजनीतिक दलहरुले नै विद्यालय बन्द गराउँदा राजनीतिक दलहरुले विश्वास गुमाउन थालेको आरोप शिक्षा संग सरोकारवालाहरुले लगाएका हुन ।
अन्र्त्क्रियामा हिसानका उपाध्यष रामेश सिल्वालले मधेसमा जारी आन्दोलन राजनीतिक भए राजनीतिक तवरबाट समाधान गर्न आग्रह गर्दै आफैले २०६८ सालमा विद्यालयलाई शान्ति क्षेत्र बनाउने भनि गरेको प्रतिवद्धता उल्लघन गर्दा राजनीतिक दलहरुले विश्वास गुमाउन थालेको बताए ।
प्याब्सनका कार्यबाहक महासचिव राजेन्द्र बानीयाँले राजनीतिक दलहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न नसक्दा मुलुकले सहि दिशा पाउन नसक्ने भन्दै बन्द कर्ताहरुले बन्द गर्नुु अघि आफूले गरेको प्रतिबद्धतामा ध्यान दिनु पर्ने बताए ।
यूवा संघ नेपालका उपाध्यक्ष सरोज दिलु विश्वकर्माले यूद्धको बेलामा बालबालिका जोगाउनु पर्ने भन्दै सधै जित्नै पर्ने राजनीतिबाट मुक्त हुनु पर्ने बताए । उनले राजनीतिक दलहरुले आफ्नो प्रतिबद्धता पुरा नगरेर मुलुकलाई उज्यालो भन्दा अध्यारो भविष्यतर्फ धकेल्न थालेको बताए ।
विद्यार्थी निलम काकीृले विद्यालय शान्ति क्षेत्र घोषणा भएको तिन वर्ष वितेपनि आफूहरुले राम्रो पढ्न नपाएको भन्दै आफूहरुको भविष्यमा राजनीति तगारो बनेको गुनासो गरकेकी थिईन ।
एन प्याब्सनका उपाध्यक्ष सूर्य अधिकारीले विद्यालय शान्ति क्षेत्र घोषणा कहा पुग्यो भनि प्रश्न गर्दै सरकारले भविष्यका कर्णधारलाई कस्तो बनाउँदै भन्ने विषयले चिन्ता उत्पन्न गरेको बताए ।
अभिभावक संघकी सरिता अर्यालले राजनीतिक दलहरुले आफूहरुको बुढेसकाललाई अन्धकारमय बनाएको भन्दै राजनीतिक नेताहरुले पनि अभिभावक भएकोले त्यो दृष्टिकोणबाट हेर्नु पर्ने बताए ।
कार्यक्रमको बिशेष सहयोगी ग्लोबल पाठशालाका संस्थापक मेघराज अधिकारीले विद्यार्थीलाई पुरा समय पढाउन नसक्दा कठमिरो अम्बा जस्तो बन्न थालेको भन्दै अबको २५ वर्षसम्म मुलुकले दक्ष जनशक्ति निर्माण गर्न नसक्ने दावी गरे ।
राष्ट्रिय अभिभावक संघका यादव अधिकारीले सडकमा गोली चलिरहेको बेला विद्यालय खुल्ला भए पनि विद्यार्थीलाई विद्यालय पठाउन नसकिने स्पष्ट पारे ।
अन्र्त्क्रियामा प्रिन्सिपल आरडी भट्ट, प्याब्सन सल्लाहकार सानु अमात्य, प्याब्सन उपाध्यक्ष दिपिका रिमाल, ललितपुर अध्यक्ष शिबकुमार कार्की, प्राज्ञ शिवराम पाण्डे, सीटीएफ नेपालका निर्देशक बद्री प्रसाद दाहाल, राजेन्द्र दाहाल, क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लबजु, सञ्चारकर्मी हरिश डिसी लगायतले जुन सुकै बन्दमा पनि विद्यालय खोल्ने बातावरण आन्दोलनकारीले गर्नु पर्ने भन्दै त्यसो गर्न नसके मुलुकको राजनीति ठिक भए पनि दक्ष जनशक्तिको अभावमा मुलुकले समृद्धिको बाटो लिन नसक्ने ठोकुवा गरेका थिए ।
बाल दिवसको अवसर पारी यो कार्यक्रम आयोजना गरिएको र यो संगै शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र बनाउन राष्ट्रिय अभियानको थालनी गरिएको आयोजक ह्याप्पी किड्सका निर्देशक अभिषेक घिमिरेले जनाए ।