“फ्र्यागमेन्ट” कथा संग्रहको बिमोचन कार्यक्रम सम्पन्न

भदौ २६, काठमाडौं – युवा कथाकार देबेन्द्र आचार्यको कथा संग्रह फ्र्यागमेन्टको बिमोचन कार्यक्रम सम्पन्न भएको छ । नोभा इन्टरनेसनल कलेज मिनभवनमा भएको बिमोचन समारोहमा उल्लेखनीय मात्रामा साहित्य प्रेमीमनहरुको उपस्थित भएका थियो  ।
नेपाली समाज र युवा जिबनलाइ विशेष केन्द्रित गरेको कथा संग्रहमा ८ वटा कथाहरू रहेका छन । युवा कवि तथा कथाकार देवी नेपालको प्रमुख उपस्थितिमा भएको कार्यक्रम सभ्य रूपमा सफल भएको छ । मनिता पोख्रेल द्वारा संचालित कार्यक्रममा  विभिन्न बक्ताले फ्र्यागमेन्ट नयाँ पुस्ताको नबिनतम सोच बोकेर आएको कृति हो जसले आफ्नो छुट्टै पहिचान बनाउने छ भनेर आआफ्नो कुरा राखेका थिए । “फ्र्यागमेन्ट” आजबाट देशभर उपलब्ध हुने लेखक देबेन्द्र आचार्यले जानकारी दिएका छन