ट्राफिक सचेतनामूलक गीति एल्बम सेतो टोपी बिमोचन

काठमाडौं –  गीतकार प्रहरी नायब महानिरीक्षक (DIG) जय बहादुर चन्दद्धारा रचित गीति एल्बम सेतो टोपी को आज एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले बिमोचन गर्नुभएको छ । सडक प्रयोगकर्ताहरुले जान्नै पर्ने ट्राफिक नियमको बारेमा तयार पारिएको उक्त गीति एल्बममा ९ वटा गीतहरु समाबेश गरिएका छन् ।
हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको सवारी आवागमनलाई ब्यबस्थित र प्रभाबकारी बनाउनको लागि बिभिन्न किसिमका अभियानहरु सञ्चालन गरीरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्द ज्यूले ट्राफिक प्रहरी महाशाखाको नेतृत्व सम्हालेसँगै ट्राफिक ब्यबस्थापनमा खटिने ट्राफिक प्रहरी, चालक, परिचालक, सवारी धनि, ब्यबस्थापक, यात्रु एबं आम सडक प्रयोगकर्ताहरुको बोलि ब्यबहारमा गुणात्मक परिबर्तन ल्याउन एबं यात्रु मैत्री सेवाका लागि संगठनको निति अनुरुप “मुस्कान सहितको प्रहरी सेवा” लाई आत्मसाथ गर्दै   “जिब्रोको गरिमा, मीठो बोलिमा” अभियान अघि सार्नु भएको थियो । सार्बजनिक सवारी साधन र सहरी जीबनका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको यथार्थता एबं सार्बजनिक सवारी साधन जीबन पद्धतिकै एक आधार भएकोले जीबनको तरक्की खोज्ने हो भने यातायात क्षेत्रमा उल्लेखनिय सुधार हुनुपर्ने आबश्यकताको महसुस गर्दै उक्त अभियानको सुरुवात गर्नु भएका प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्द ज्यूले अन्ततः नेपालमा प्रत्येक दिन ५ देखी ७ जना सडक प्रयोगकर्ताले सवारी दुर्घटनामा परि ज्यान गुमाईरहेको यो भयाबह अबस्थालाई मध्यनजर गर्दै गीत संगितको माध्यमबाटै यसबाट हुने धनजनको क्षतिलाई कम गर्न र सडक सभ्यता अभिबृद्धिका लागि बिभिन्न जनचेतनामूलक गीतहरुको संगालो सेतो टोपि हाम्रो माझ ल्याउनु भएको छ ।
उक्त बिमोचन कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले जीबन पद्धतिको आधार यातायात क्षेत्रका बिबिध बिकृति, बिसंगति र मानबीय त्रुटीहरुलाई घटाउनको लागि यस्तै सचेतनात्मक गीति एल्बमले महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ, सडक सुरक्षा हामी सबैको सरोकार हो, दायित्व हो, आकांक्षा हो तसर्थ यो दायित्व बोध गरेर हामीले संयुक्त रुपमा पहल ग¥यौ भने हामी सफल हुन्छौ, सभ्य नागरिक तथा असल सडक प्रयोगकर्ता बन्न यो गीति एल्बमले सहयोग पु¥याउन सफल हुनेछ भन्ने धारणा राख्नु भयो । उक्त अबसरमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक अर्यालले गीति एल्बम तयारीमा बिभिन्न बिधामा सहयोग गर्नुहुने महानुभाबहरुलाई प्रशंशा पत्र बितरण समेत गर्नु भयो ।
कार्यक्रममा उक्त गीति एल्बमको समीक्षा गर्नुहुदै बरिष्ठ गीतकार तथा प्राध्यापक डा.कृष्ण हरी बरालले यस गीति एल्बम मार्फत गीतकार जय बहादुर चन्दले मानबताबादी काम गर्नु भएको छ समाजका लागि उपयोगि यस्ता गीति एल्बम र यस्ता कामहरु आगामी दिनमा पनि आउन् भन्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रमका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञान राज शर्माले कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथि महानुभाबहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
गीति एल्बम सेतो टोपीमा राजेश पायल राई, अन्जु पन्त, इन्दिरा जोशी, मिलन अमात्य, सरोज वली, श्रेयसी चेम्जोङ्ग, कृष्ण काफ्ले र रामचन्द्र काफ्ले लयायतका प्रसिद्ध गायक÷गायिकाहरुले स्वर दिनु भएको छ । यस गीति एल्बममा प्रत्येक सडक प्रयोकर्ता, बिद्यार्थी, सवारी धनि, सवारी चालक सबैले जान्नै पर्ने र बुझ्नै पर्ने गीतहरु समाबेश गरिएका छन् । गीतकार प्रहरी नायब महानिरीक्षक जय बहादुर चन्द द्धारा रचित सेतो टोपीको प्रस्तुति महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको हो भने पोष्ट प्रोडक्सन शुभ मिडिया होम प्रा.लि.ले गरेको छ । त्यस्तै गीति एल्बम सेतो टोपिमा चर्चित संगितकार बसन्त सापकोटाको संगित रहेको छ भने एरेन्जर पुष्कर सुनुवार, सम्पादन अर्जुन पोखरेल र छायांकनमा गोकुल अधिकारी रहनु भएको छ । सरोज वलीको निर्देशनमा तयार भएको गीति एल्बममा बरिष्ठ कलाकारहरु सरोज खनाल, दिलिप रायमाझी, हरी निरौला (कक्रोच) लगायतका कलाकारहरुको अभिनय र प्रस्तुति रहेको छ ।
यस एल्बममा समाबिष्ट गीत संगितले सवारी दुर्घटना न्यूनिकरणमा तथा सहज र सुरक्षित आवागमनका लागि सडक प्रयोगकर्ताहरु अझ बढी सजग र सचेत हुदै आफ्नो गन्तब्य तय गराई ट्राफिक ब्यबस्थापनमा सहजीकरणको भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।