बेलायतले शरणार्थीलाई शरण दिने

भदौ २२, काठमाडौँ – बेलायतले २० हजार शरणार्थीलाई शरण दिने भएको छ । आउँदो ५ वर्षमा २० हजार शरणार्थीलाई शरण दिने बेलायती प्रधानमन्त्री डेबिड क्यारुमनले बताउनु भएको हो । उहाँले सन् २०२० सम्म सिरिया, टर्की र जोर्डनमा रहेको शिविरका शरणार्थीलाई आफ्नो देशमा पुर्नस्थापित गराउने बताउनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाका छन् ।

प्रधानमन्त्री क्यारुमनले सिरियाको सिमा नजिक शरणार्थी शिविरमा भएकालाई सहयोग गर्नु बेलायतको नैतिक जिम्मेवारी भएको बताउनुभयो । असुरक्षित बालबालिका र अनाथ बालबालिकालाई प्राथमिकता दिने पनि प्रधानमन्त्री क्यामरुनले बताउनु भएको छ ।बेलायतले आफूले पाउने अन्तराष्ट्रिय सहायता रकम पनि शरणार्थीका लागि खर्च गर्ने जनाएको छ ।