खुल्ला सडक कविता बाचन कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

प्रमित लिबाङी

भदौ १३, काठमाण्डौ — नेपाली हरेक क्रान्ति अनि परिवर्तनमा साहित्यिक आन्दोलनको ठुलो योगदान रहेको छ।अझ त्यसमा पनि कविताको ठुलो महत्व रहेको कुरा कोहि पनि नकार्न सक्दैन।हिजका ठुला परिवर्तनहरु चाहे २०३६, २०४६ वा ६२र६३ को नै किन नहोस यसको सफलतामा कहिँ न कहिँ साहित्यिक आन्दोलन अझ भनौ कविता बाचनको ठुलो हात रहेको पाइन्छ।आज देश संबिधान निर्माणको गम्भीर अनि महत्वपूर्ण प्रसव अबस्थामा रहेको छ।11902269_894154047316396_2588349451490006175_n

आज हामी भोलिको सुनौलो बिहानको नक्सा कोर्नको लागि तत्पर छौ।आज हरेक बर्ग क्षेत्र जात लिंग आज आफ्नो हक अधिकारको लागि अगी बढिरहेको छ।हो यहि बिचमा फेरी एकपटक देशमा बढ्दै गइरहेको समकालीन घटना परिस्थितिले हाम्रो सामाजिक सदभाब भाइचारा अनि अपनत्व एकचोटी फेरी घट्दै गइरहेको चारैतिर मसहुस भइरहेको छ ।आज हामी एउटा नेपाली हुनुभन्दा पहिले बिभिन्न बर्गमा विभाजित छौ।यहि परिस्थितिलाई चिर्न र सामाजिक सदभाब कायम गर्ने महान कार्यमा थोरै भए पनि योगदान पुर्याउने उद्देश्यले परिवर्तनका पाइलाहरु को संयोजकत्वमा तथा रोट्र्याक्त क्लब अफ पाटन वेस्टु, एम्नेस्टी इन्टरनेशनल अन्तर्गतको डाइनामिक युथ नेटवर्कु र सिभिलियन नेपालको सहआयोजनामा यहि २०७२ भाद्र १२ गतेका दिन काठमाडौँको माइतीघर मण्डला नजिक खुल्ला सडक कविता बाचन कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा डेढ दर्जन बढी स्रस्टाहरुले आफ्नो कविता बाचन गर्नु भएको थियो।11904029_894154403983027_8773782901381976271_n

दिउसो लगभग साढे तिनको सेरोफेरोमा परिवर्तनका पाइलाहरुको अध्यक्ष रुपा सापकोटाको अधक्षतामा कार्यक्रम सुरु गरिएको थियो।कार्यक्रममा स्वागत मन्तब्य सिभिलियन नेपालको तर्फबाट आयामी सापकोटाले दिनु भएको थियो।त्यसलगत्तै रास्ट्रिय गान संग संगै कार्यक्रम सुरु भएको थियो।कार्यक्रममा गीतकार तथा संचारकर्मी लोकराज अधिकारीले आफ्नो सुभकामना मन्तन्य संगै कविता बाचन गर्नुभएको थियो।11903740_894154257316375_4135536563752340300_n

कार्यक्रममा क्रन्तिशिखा धिताल, राजेन्द्र खरेल, आयामि सापकोटा, भूबन खडका, स्वेच्छा राउत, निमा लामा, बिश्वास निरौला, प्रमित लिबाङी, आश्रिता सत्याल, निलम ओली, शेषमणि शर्मा,शिरिष स्पन्दन, रुबी श्रेष्ठ, पुजन सापकोटा लगाएत कबि कवयत्रीहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो।कविता बाचन क्रमको अन्तिममा परिवर्तनका पाइलाहरुका निर्देशक निकेश कुमार लम्सालले आफ्नो कविता बाचनसंगै कार्यक्रमको औचित्यमाथि थप प्रकाश पर्न भएको थियो।11951941_894154380649696_179060869192807426_n

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संगै कार्यक्रमको समिक्षा कर्यक्रमका संयोजक प्रज्ञान थपलियाले गर्नु भएको थियो।अन्तिममा सभाध्यक्षले कार्यक्रमको समिक्षा सहित लगभग साढे पाँच बजे तिर कार्यक्रम समापन गर्नुभएको थियो।कार्यक्रमको सहजीकरण परिवर्तनका पाइलाहरुका बिपिन बुढाथोकीले गर्नु भएको थियो।