सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

साउन २७, काठमाडौँ  – सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । पहाडी जिल्लाहरुमा बर्षा जारी रहेसंगै सप्तकोशीमा पानीको बहाव बढेको हो ।
ऋाज बिहान ७ बजे गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५३ हजार ९ सय ८० क्युसेक पुगेको हो ।
नदीमा पानीको बहाव उच्च भएसंगै व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सबारी संचालन गरिएको छ ।
नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ । अहिले सप्तकोशीका ५६ मध्ये २० वटा ढोका खोलिएका छन् ।
उता, कोशी पीडित संघर्ष समितिले भने सप्तकोशीमा बाढी आउंदा समेत भारतले कोशी व्यारेजका सबै ढोका नखोल्दा बर्षादको तीन महिना त्रासमा बस्नु परेको भन्दै व्यारेजको सबै ढोका खोल्न भारत सरकारसंग आग्रह गरेका छन् ।