कपिलवस्तुमा यस आर्थिक वर्षबाट २ नयँ सरकारी कार्यालय स्थापना हुने

साउन २३,कपिलवस्तु-कपिलवस्तुमा यस आर्थिक वर्षबाट २ नयँ सरकारी कार्यालय स्थापना हुने भएका छन् । पश्चिमाञ्चल सिंचाइ डिभिजन नं. ५ लाई सिंचाइ विकास डिभिजनमा रुपान्तरण गरिएको छ, भने बाणगंगा सिंचाइ प्रणालीलाई व्यवस्थित पार्दै सिंचाइ व्यवस्थापन डिभिजन स्थापना गर्ने निर्णय सरकारले गरेको छ । एउटा सरकारी कार्यालयले गर्दै आएको कामलाई व्यवस्थित पार्दै दुई नयँ कार्यालय स्थापना हुने भएका हुन् । कपिलवस्तुमा पहिलो पटक जल उत्पन्न प्रकोप डिभिजन स्थापना हुने भएको छ । स्थानीयहरु मर्कामा पर्दै आएपछि पटक पटक जल उत्पन्न प्रकोप कार्यालय कपिलवस्तुमा हुनुपर्ने माग गर्दै आएका थिए । डिभिजन सिंचाई कार्यालयका प्रमुख खेम बहादुर पाठकका अनुसार सरकारले यसै आर्थिक वर्षको बजेटमा यी दुवै नयाँ कार्यालयका लागि अलग्गै संरचना र बजेट तर्जुमा गरेकाले उपयुक्त कार्यालयको खोजी भइरहेको बताउनुभयो ।