मणिपुरमा पहिरोमा परी २० जनाको मृत्यु

साउन १७, काठमाडौँ – भारतको मणिपुर राज्यमा भारी वर्षापछि गएको पहिरोमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।

चन्देल जिल्लाको एक गाउँमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । दुर्गम गाउँमा गएको पहिरोका कारण उद्दारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।
बाढी र पहिरोका कारण त्यहाँका सडक र पुल क्षतिग्रस्त भएका छन् भने यातायात सम्पर्क टुटेको छ । पछिल्ला केही दिनमा मणिपुरमा लगातार पानी परिरहेको छ ।
यसैगरी मिजोरम राज्यमा पनि पहिरो गएको छ । मिजोरम र मणिपुर राज्यमा गरी हजारौं मानिस घरबारविहीन भएको बताइएको छ ।(एजेन्सी)