एयरपाेर्टमा प्रहरीले नै चाेर्छन

साउन १३, काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत दुई प्रहरीले यात्रुको सामान चोरी गरेका छन् ।हङकङको ड्रागन एयरबाट कार्गो भइ आएको ल्यापटप लगायत सामान चोरी गर्ने प्रहरी जवानद्धय निर्मल शाह र प्रेमप्रसाद जोशी हुन् । उनीहरुले साउन ३ मध्यराति आएको जहाजबाट डेल कम्पनीको ल्यापटप चोरी गरेका थिए ।

राती सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरुले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहींबाटै चोरेका थिए । उनीहरुले सामान चोरी गरेको दृष्य सीसीटिभी फुटेजमा देखिएपछि बिमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरु बिरुद्ध ड्रागन एयरका एयर सर्भिस ब्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन् । अभियुक्त प्रहरी जवानद्धयलाई चोरी मुद्दा लगाई महानगरीय प्रहरी परिसर टेकुको हीरासत कक्षमा राखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।