मान्छे नि क्या ह्यान्डसम रै’छ (फोटो फिचर )

काठमाडौँ – साउनसँगै सुरु हुने चाडपर्वका क्रममा तीज नजिकिँदै छ । आजभोलि कलाकार तीजका गीत बनाउन व्यस्त बनेका छन् । तीजका विभिन्न गीतका म्युजिक भिडियो निर्माणसँगै गायकगायिकादेखि मोडल व्यस्त बनेका छन् ।teej 02

यसैक्रममा दाङका गायक टोपेन्द्र विष्ट र गायिका गीता रेउले पनि ‘मान्छे नि क्या ह्यान्डसम रै’छ..नाचम् न न नाचम् न, बारुली कम्मर भाँचौ न’ बोलको गीतमा व्यस्त देखिए ।teej 03

डिल्लीबजारको बाटुले घरमा म्युजिक भिडियो छायांकन भइरहेका गीतमा मोडल मंगोलियन हेमन्त र रिचा थापा छन् । शिवदर्शन डिजिटल प्रालिले प्रवद्र्धन गरेको गीतमा शब्द र संगीत गीता रेउलेको छ भने एरेन्ज झलक संगितमको रहेको छ । टोपेन्द्र बिष्ट र गीता रेउलेको स्वर रहेको गीत गायक विष्टको पहिलो तीज गीत हो ।teej 04

भूकम्पका कारण धेरै पीडा भए पनि सधैँ दुःख मनाएर नहुने ठाानेर गीतको तयारी गरिएको उनीहरुले बताए । गीतको म्युजिक भिडियो १ भदौमा सार्वजनिक हुनेछ ।

–वर्षा शाह