मुख्यसचिवमा दौडधुप,को बन्लान ??

साउन १२, काठमाडौँ – मुख्यसचिव लीलामणि पौडेलको पदावधि सकिनु अघि नै निजामती प्रशासनको सर्वोच्च पदमा पुग्न वरिष्ठ सचिवहरुबीच दौडधुप शुरु भएको छ । पौडेलले आगामी असोज २३ मा अनिवार्य अवकास पाउँदैछन् ।

आफ्नो पदावधि नसकिंदै सरकारले आफ्नो उत्तराधिकारी चयन गर्ने बाटो खोलिदिन पौडेल बिदामा बस्न लागेका हुन् । उनले आइतबारदेखि कार्यालय नआउने जानकारी प्रधानमन्त्री सुशील कोइराला र आफ्ना सहयोगीहरूलाई दिइसकेका छन् ।
उनीहरू मुख्यसचिव हुन प्रधानमन्त्री सुशील कोइराला, मन्त्री, सत्तारूढ कांग्रेस र एमालेका प्रभावशाली नेताकहाँ धाउन थालेका छन् । मुख्यसचिवमा बहालवाला सचिवमध्ये सबभन्दा ज्येष्ठ ब्याचका तीन जना गरिवी निवारण तथा सहकारी मन्त्रालयका श्रीधर गौतम, स्थानीय विकासका सोमलाल सुवेदी र उद्योगका जयमुकुन्द खनाल प्रमुख दाबेदार छन् ।
निजामती प्रशासनमा गौतम, सुवेदी र खनाल विवादास्पद मानिंदैनन् । गौतम कांग्रेस निकट, खनाल एमाले निकट मानिन्छन् भने सुवेदी दुवै पार्टीलाई रिझाउनेमा पर्छन् । कान्तिपुर दैनिकमा खबर छ ।