सहमतिको नाममा संविधानमा लोकतान्त्रिक मूल्य मान्यता विपरित सम्झौता हुँदैन : सिटौला

साउन ७ , रामेछाप – नेपाली काँग्रेसका महामन्त्री एवं संविधान सभाको मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले नयाँ आउन लागेको संविधान सहमतिको दस्तावेज भएको बताउनु भएको छ । सहमतिको दस्तावेज भएकाले संविधान सबैले आपूmले चाहेजस्तो नभएको उहाँले बताउनु भयो । संविधान सहमतिको दस्तावेजको रुपमा आए पनि सहमतिको नाममा लोकतान्त्रिक मुल्य मान्यतामा आँच आउने कुनै पनि खालका कुरामा काँग्रेसले सम्झौता नगर्ने उहाँले बताउनु भयो । विपि स्मृति प्रतिष्ठान रामेछापले रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको विपी कोइराला र संविधान विषय अन्तरक्रियामा बोल्दै सिटौलाले राजनितिक स्थाइत्व दिन छिटो भन्दा छिटो संविधान ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले छिटो संविधान जारी गर्नकै लागि प्रदेशको नामाङ्कन र सिमाङ्कन नै नगरि संविधान ल्याउन लागिएको बताउनु भयो । उहाँले साउन भित्रै अथवा भदौ लाग्दै संविधान आउने बताउनु भयो । देश संघियतामा नजाने होकि भन्नेमा संका नगर्न समेत उहाँले आग्रह गर्नु भयो ।

देश संघियतामा नगएसम्म यो संविधान कार्यान्वयनमा आउनै नसक्ने भएकोले विरोधमा हैन सहमतिमा आएर छिटो संविधान जारी गर्न सबैलाई सघाउन उहाँले आग्रह गर्नु भयो । विपी कोइराला अहिले सबैका साझा नेता बनेकाले उहाँको आदर्शलाई सबैले श्विकार गरेको पनि सिटौलाले बताउनु भयो । कार्यक्रममा बोल्दै काँग्रेसका केन्द्रीय सदस्य एवं सभाषद नविद्रराज जोशीले अहिलेकोे संविधानको प्रस्तावनामा नै धेरै संसोधन गर्नु पर्ने बताउनु भयो । उहाँले संविधानको प्रस्तावनमा लोकतान्त्रिक गणतन्त्रात्क शासन व्यवस्थालाई असर गर्ने कुनै पनि कुरा समावेश गर्न नहुने बताउनु भयो । उहाँले सामनुपातिक शासन व्यवस्थामा जाँदा अस्थिरता बढ्ने भएकोले समावेसि निर्र्वानबाट सबैजना आउन सक्ने खालको प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनु पर्नेमा जोड दिनु भयो । जोशीले विपीको आदर्श र लोकतान्त्रिक पद्धतिलाई काँग्रेसले पछ्याए काँग्रेसलाई कसैले छेक्न नसक्ने बताउनु भयो । विपी प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सहायक मन्त्री रामहरि ढुङ्गेल, नेपाली काँग्रेस रामेछापका उपसभापति झपडराज भण्डारी लगायतले पनि बोल्नु भएको थियो ।