नेपाल राष्ट्रबैकको मौद्रीक नीति आज सार्वजनीक हुँदै

साउन ७, काठमाडौँ –  नेपाल राष्ट्रबैकको मौद्रीक नीति आज सार्वजनीक हुँदै छ । राष्ट्र बैंक तथा वित्तिय संस्थामा रहेको आर्थिक लगानि योग्य रकम व्यवस्थापन गर्ने गरी २०७२/७३ को मौद्रिक नीति सार्वजनीक हुने भएको हो । गर्भनर डा. चिरन्जीवी नेपालले आफ्नो कार्यकालको मौद्रीक नीति मार्फत यस भन्दा अगाडि लिएका नीति परिवर्तन गर्ने भएको बताउँनु भएको छ । राष्ट्रबैक संचालक समीतिको बैठक मौद्रीक नीतिलाई अहिले मविहान आन्तीम रुप दिँदै छ । अनिर्वाय नगद मौज्दातकोसिमा बढीमा एक प्रतिशतले बढाईने भएको छ । बैंकिक क्षेत्रमा तरलता रहेका कारण राष्ट्र बैंकले पछिलो १० दिनमा मात्र ५० अर्ब रुपयाँ निक्षेप लिएको छ ।