अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेसँगै नेपाली बजारमा पनि भाउ ह्वात्तै घट्ने

साउन ६, काठमाडौँ – अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेसँगै नेपाली बजारमा पनि भाउ ह्वात्तै घट्ने अनुमान गरिएको छ । हिजोको तुलनामा आज पनि अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ५ डलरले घटेकाले नेपाली बजारमा २ वर्ष अघिको मूल्यमा सुनको भाउ झर्न सक्ने अनुमान सुन व्यवसायीले गरेका छन् ।
२ वर्ष अघि २०७० साल असार महिनामा सुनको भाउ ४८ हजार १ सय रुपैयाँ थियो । अब पनि त्यसकै हाराहारीमा झर्ने अनुमान रहेको नेपाल सुनचाँदी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार पछिल्लो ४५ वर्षमा सुनको भाउमा धेरै उतारचढाव आएको छ । २०७० साल असारमा घटेको सुनको भाउ फेरि बढ्दै ०७० सालकै भदौमा अहिलेसम्मकै महंगो भएको थियो । त्यतिबेला सुनको भाउ बढेर तोलामा ६३ हजार ३ सय रुपैंयासम्म पुगेको थियो ।
२०७० सालपछि मूल्यमा उतारचढाव आउँदै अहिले ५० देखि ५२ हजारको हाराहारीमा कारोबार भैरहेको सुनको भाउ फेरि घट्ने अनुमान गरिएको छ । सुन व्यवसायीका अनुसार सुनको भाउ ४८ हजार र त्यो भन्दा पनि कम हुन सक्ने अनुमान छ । भाउ घट्ने अनुमानमा अहिले कारोबार पनि सुस्ताएको उनीहरुको भनाई छ ।