सुन ५ बर्ष यताकै सबैभन्दा सस्तो

साउन ५, काठमाडौँ – केही समयदेखि स्थिर रहेको सुन मूल्य एकाएक घटेर पाँच वर्षयताकै सबैभन्दा न्यून भएको छ । विश्व बजारमा सोमबार सुनको कारोबार प्रतिऔन्स १ हजार ८८ डलरमा कारोबार भयो । यो मूल्य पाँच वर्षयताकै न्यून हो । सन् २०१० मा प्रतिऔन्स १ हजार १ सय डलर थियो । अमेरिका ब्याज दर बढेकाले लगनीकर्ताको चासो त्यतातिर केन्द्रित हुँदा सुन बिक्रीको माहोल बढेको एजेन्सीहरूले जनाएका छन् ।

यसका साथै सरकारले सुनको आयात भन्सारदर घटाएका कारण पनि सुन सस्तिएको संघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए । सरकारले साउन १ गतेदेखि लागू हुने गरी प्रति १० ग्राम सुनमा ५ हजार २ सय भन्सारदरबाट झारेर ४ हजार २ सय कायम गरेको छ । चाँदीमा भने प्रतिकिलो ४ हजार ६ सयबाट बढाएर ५ हजार ६ सय भन्सार दर कायम गरेको छ विशेष गरी यो वर्षको अन्त्यमा अमेरिकाको संघीय बैंकले व्याजदर बढाउने निर्णय गरेको कारण मानिसहरु सुन बेचेर बैंकमा पैसा जम्मा गर्ने परिपाटीका कारण पनि सुन सस्तिएको विश्लेषकहरुको भनाई छ ।