स्पेनिस फुटबल क्लब रियल मड्रिड फेरि विश्वकै सबैभन्दा धनी क्लब

असार ३१, काठमाडौँ – स्पेनिस फुटबल क्लब रियल मड्रिड फेरि विश्वकै सबैभन्दा धनी क्लब भएको छ । रियल लगातार तेस्रो पटक विश्वका धनी क्लबको सूचीमा पहिलो स्थानमा रहेको हो । अमेरिकी पत्रिका फोर्ब्सले सावर्ज्निक गरेको सन् २०१५ मा विश्वका धनी क्लबको सूचीमा रियल मड्रिड पहिलो स्थानमा छ ।

यल मड्रिडको अहिलेको कुल मुल्य ३ दशमलव २६ बिलियन अमेरिकी डलर छ । रियलको गएको वर्षको तुलनामा कुल मुल्यमा पाँच प्रतिशतले कमी आएको भएपनि पहिलो स्थानमा नै रहेको फोर्ब्सले जनाएको छ । यस्तै दोस्रो स्थानमा एनएफएल टिम डालास काउब्वाइज् छ । उसको कुल मुल्य ३ दशमलव २ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । ३ दशमलव २ बिलियन अमेरिकी डलर कुल मुल्य भएको अमेरिकी बेसबल टिम न्यु योर्क याङकिज तेस्रो स्थानमा छ । चौथो स्थानमा स्पेनिस फुटबल क्लब बार्सिलोना परेको छ । बार्सिलोनाको अहिलेको कुल मुल्य ३ दशमलव १६ बिलियन अमेरिकी डलर छ । बार्सिलोनाको गएको वर्षको भन्दा एक प्रतिशत मुल्य घटेको फोर्ब्सले जनाएको छ ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड ३ दशमलव १ बिलियन कुल मुल्य सहित विश्वका धनी स्पोर्टस क्लबको सूचीमा पाँचौ स्थानमा छ भने २ दशमलव ६ बिलियन अमेरिकी डलर कुल मुल्य भएको अमेरिकी बास्केट बल टिम लस एन्जल्स लेकर्स छैटौं, २ दशमलव ६ बिलियन डलर नै कुल मुल्य भएको न्यु इंग्ल्याण्ड पेट्रियस सातौं र अमेरिकी बास्केटबल टिम न्यु योर्क नेक्स २ दशमलव ५ बिलियन अमेरिकी डलर कुल मुल्य सहित आठौं स्थानमा छ ।