बोको हरामले लियो डेढ सय बढीको ज्यान

असार १८, नाइजेरिया – उत्तरपूर्वी नाइजेरियामा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा करिब १५० व्यक्तिका मृत्यु भएको समाचार छ ।

ती आतङ्ककारी समूहले एक मस्जिदहमा प्रार्थणा गरिरहेका पुरुष तथा बालबालिकालाई मुला काटे झै गरी काटेका र खाना पकाइरहेका महिलाहरुलाई गोली प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शीहरुले बिहीबार जानकारी दिएका छन् ।
मस्जिदमा आफ्ना बाबुसँग आएका ४ देखि १२ वर्षसम्मको बालबालिकाको पनि हत्या भएको जनाइएको छ ।
बोर्नाे राज्यको प्रवेशद्वारमा रहेका तीनवटा दुर्गम गाउँहरुमा गत बुधबार साँझ दर्जनाँैको सङ्ख्यामा आएका आतङ्ककारीले आक्रमण गर्नुको साथै घरहरुमा आगजनी समेत गरेका बताइएको छ ।
गत मे महिना मुहाम्मादु बुहारी राष्ट्रपति पदमा आउनु भएयता अतिवादी समूहले गरेको यो सवैभन्दा बढी रक्तपातपूर्ण आक्रमण भएको जनाइएको छ ।
आक्रमण भएको गाउँहरुमा सवैभन्दा बढी प्रभावित गाउँ कुकावामा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ९७ जना मारिएको जनाइएको छ । रासस ÷एएफपी