टि -ट्वान्टी श्रृँखलाको तेस्रो खेलमा पनि नेपालको हार,अन्तीम खेल आज हुँदै

असार १८, काठमाण्डौ – नेदरल्यान्डसँग टी—ट्वान्टी श्रृँखलाको तेस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ । गय राति भएको तेस्रो खेलमा नेपाल १८ रनले पराजीत भएको हो ।

नेदरल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएर मैदान उत्रेको नेपाललाई १ सय ३३ रनमा समेट्दै नेदरल्याण्डले नेपाल विरुद्ध लगातार तेश्रो खेलमा जित हात परेको हो ।
जारी सिरिजमा निकै फितलो ब्याटिङ गर्दै आएका नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक ३६, सरद भेष्वाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्द्र मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाएपनि जितका लागि पर्‍याप्त भएन् ।
नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका असन मल्लिकले सर्वा्धिक ४ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले पिटर माएबर्गको उत्कृष्ट ब्याटिङको मदतले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।
नेदरल्याण्डका लागि पहिलो खेलमा पनि अविजित रहेका माएबर्गले अविजित ७१ रन बनाए । त्यस्तै कप्तान पिटर वोरेनले १९,वेस्ली वेरासीले १४,राहिल अहमेदले १३ र टिम भान डेरले १२ रन बनाए ।
नेपालका करण केसीले २, तथा बसन्त रेग्मि, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए । नेपालले अब शुक्रबार नेदरल्याण्ड विरुद्धको ४ म्याचको सिरिज अन्तर्गत चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।