सरकारले पठायो प्रत्येक भूकम्पपीडितलाई १५ हजार

जेष्ठ ८, काठमाडौँ – भूकम्पबाट घर भत्केका परिवारका लागि तत्काल अस्थायी टहरा बनाउन सरकारले प्रतिघर रु १५ हजार प्रदान गर्नेगरी प्रभावित जिल्लामा रकम पठाएको छ । भूकम्पबाट घर भत्किएका करिब आठ लाख परिवारका लागि पहिलो किस्तामा रु दुई अर्ब ५० करोड आज सम्बन्धित जिल्लामा पठाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई बताउनुभयो ।

जिल्ला दैवी प्रकोप उद्धार तथा समन्वय समितिले भोलिदेखि पीडितलाई उक्त रकम वितरण गर्ने उहाँले बताउनुभयो ।