मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा

जेठ ६, काठमाडौँ – मुम्बई इन्डियन्स आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै मुम्बई फाइनलमा पुगेको हो । खेलमा टस जितेर व्याटिङ गरेको मुम्बईले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

१८८ रनको लक्ष्य पाएको चेन्नइ १९ ओभरमा अल आउट भयो । उसले फाफ डू प्लेसिसको ४५ र सुरेश रैनाको २५ रनको योगदानले मात्र १६२ रन बनाउन सक्यो । चेन्नइले ८६ रन बनाउदा ४ विकेट गुमाइसकेको थियो । मुम्बईका लिन्डेल सिमोन्सले ५१ बलमा ३ चौका र ५ छक्का हान्दै सर्वा्धिक ६५ रन बनाए भने अर्का खेलाडी किरेन पोलार्डले १७ बलमा एक चौका र ५ छक्का हान्दै ४१ रनको योगदान थिए । यस्तै पार्थिव पटेलले ३५ रन बनाए । सिमोन्स र पटेलले ९० रनको साझेदारी गरे ।

मुम्बइसँगको खेलमा हार व्यहोरे पनि चेन्नइले अर्को खेल खेल्न पाउनेछ । चेन्नइको अर्को खेल पर्सि शुक्रबार हुनेछ ।