टी-२० विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा

वैशाख ३१,काठमाडौं – टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ ।

नेपाल समूह एमा परेको छ, जुन समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी परेका छन् । समूह बीमा अफगानिस्तानसँगै यूएई, नेदरल्याण्ड, स्कटल्याण्ड, क्यानडा, केन्या र ओमान परेका छन् ।
नेपालले आफ्नो पहिलो खेल ओमानसँग खेल्नेछ । पहिलो खेल जुलाई ६ मा हुनेछ । जुलाई ७ मा नेपालले यूएईसँग खेल्नेछ । नेपाल र अमेरिकाको खेल जुलाई १० मा हुनेछ ।
जुलाई ११ मा नेपाल र नामिबिया, १३ मा नेपाल र आयरल्याण्ड तथा जुलाई १५ मा नेपाल र हङकङ भिड्नेछन् ।