आइपिएल क्रिकेट अन्तर्गत आज एक खेल हुँदै

बैशाख २९,काठमाडौं – ईण्डियन प्रिमिएर लिग आइपिएल क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ । डिल्ली डेयरडेविल्स र चेन्नई सुपरकिंस विच आज राती सवा ८ बजे खेल सुरु हुने भएको छ । गए राति भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । हैदराबादले किंग्स इलेभेन पन्जाबलाई ५ रनले हराउदै प्लेअफ खेल्ने संभावना बलियो बनायो । हैदरावादले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । जितसँगै हैदरावाद १२ खेलमा १४ अंक जोड्दै तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । पञ्जाव भने ४ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।